शुक्रबारदेखि पश्चिमी नेपालमा वर्षा, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

८ माघ २०८२, बिहीबार १५:२७

काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले माघ ९ गते (शुक्रबार) रातिदेखि माघ १० गते (शनिबार) बेलुकासम्म देशका केही भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाको मौसम पूर्वानुमान शाखाले पश्चिमतर्फबाट बग्ने प्रणालीका कारण विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम हिमपात पनि हुन सक्ने जनाइएको छ । वर्षा मध्यम खालको हुने र शनिवार बेलुकासम्म मात्र रहने छ ।

शुक्रवार रातिदेखि शनिवार बिहानसम्म पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदैछ । तर ठूलो झरी हुने खालको होइन । पहिलो हिउँदे वर्षाको रूपमा शुक्रवार रातिदेखि बिहानमा विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहन्छ । उच्च हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना पनि देखिन्छ ।

काठमाडौंसम्म आइपुग्दा केही हल्का वर्षा वा बदली हुने सम्भावना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*