पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दा : प्राधिकरणका तत्कालीन निर्देशक भण्डारी साधारण तारेखमा रिहा
८ माघ २०८२, बिहीबार १६:४५

काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार भण्डारीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते भण्डारीविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।












