कैलाली-१ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज
८ माघ २०८२, बिहीबार १७:५०

काठमाडौँ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको पुष्टि गरेको छ।
चौधरीलाई २०७२ साल भदौ ७ गते टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो। त्यसपछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए।












