आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

९ माघ २०८२, शुक्रबार ०७:०६

काठमाडौं । आज देशभर श्रद्धा र भक्तिका साथ श्रीमञ्चमी पर्व मनाइँदैछ। ज्ञान, विद्या, कला र संगीतकी देवी सरस्वतीको विशेष पूजा–आराधना गरी यो पर्व मनाउने परम्परा छ। आजको दिनलाई वसन्त ऋतुको आगमनको संकेतको रूपमा पनि लिइन्छ।

आज विद्यालय, पुस्तकालय, मठमन्दिर तथा घरघरमा सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ। विशेष गरी विद्यार्थीहरूले ज्ञान प्राप्तीको कामना सहित पुस्तक, कापी लगायत शैक्षिक सामग्रीहरूको पूजा गरी आजको पर्व मनाउने चलन रहेको छ।

धार्मिक विश्वासअनुसार श्रीपञ्चमीका दिन अक्षरारम्भ, अध्ययन आरम्भ तथा शुभ कार्य गर्न उत्तम दिन मानिन्छ। आजका दिन बुबा–आमाहरूले आफ्नो बालबालिकालाई पहिलोपटक अक्षर चिनाउने तथा विद्यालयमा पठाउने पनि चलन बढ्दो छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*