पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ५६ हजारले पाए शेयर
९ माघ २०८२, शुक्रबार १३:१८

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि ३० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।
निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो।
बिक्री अवधिभर मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड भएको हो। बाँडफाँडमा ५६ हजार २५० जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तो भएको छ।












