प्रतिनिधिसभा निर्वाचन : ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
९ माघ २०८२, शुक्रबार १५:२८

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
उनका अनुसार देशभर प्रतिनिधिसभा निर्वाचनका लागि कुल ३ हजार ४८७ जनाको उम्मेदवारी परेको थियो। तीमध्ये पाँच जना उम्मेदवारविरुद्ध दाबी–विरोध परेकामा एक जनाको उम्मेदवारी खारेज गरिएको भण्डारीले बताए।












