राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकाल अध्यक्ष भएकै बैंकको अवस्था खस्कियो, राष्ट्रिय बाणिज्य बैंकको खराव कर्जामा उच्च बृद्धि

१० माघ २०८२, शनिबार २०:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल अध्यक्ष रहेको राष्ट्रिय बाणिज्य बैंकको खराव कर्जा उच्च अंकले बृद्धि भएको पाइएको छ । आज कम्पनीको बार्षिकोत्सवको अवसरमा अध्यक्ष ढकालले दिएको जानकारी अनुसार गत पुस मसान्तसम्ममा बैंकको खराव कर्जामा उच्च अंकले बृद्धि भई राष्ट्र बैंकले सुक्ष्म निगरानी गर्नुपर्ने अवस्थामा पुग्नै लागेको छ ।
गत आवको यसै अवधीमा ३.८३ प्रतिशत रहेको नन परफर्मिङ लोन (एनपिएल)मा उच्च बृद्धि भई ४.५५ प्रतिशत पुगेको छ । राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक अध्यक्ष भएर सञ्चालन भइरहेको बैंकमा सुशासन कायम भई ऋण असुली प्रभावकारी हुनुपर्नेमा ठूला व्यापारिक घरानासँगको सेटिङमा ऋण असुलीमा खुकुलो गरिएको आशंका गरिएको छ । पूर्व कार्यकारी निर्देशक ढकाल आफै पनि मारवाडी समुयदायभित्रका माफियाहरुको लागि काम गरेको आरोप राष्ट्र बैंकभित्र हुँदै लागेको थियो ।

सरकारी समाचार एजेन्सी रासस सम्प्रेषित गरेको समाचार अनुसार बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व कार्यकारी निर्देशक ढकालले भने “हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ ।”

बार्षिकोत्सव कार्यक्रमा अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय बाणिज्य बैंकको खराव कर्जा बढेको बिषय पनि उठाएका थिए । मन्त्री खनालले भने हामीले सुने अनुसार राष्ट्रिय वाणिज्य बैंकको अवस्था त्यति खराब पनि छैन । वाणिज्य बैंकको खराब कर्जाको स्तर चाँही विगतको तुलनामा केही खस्किएको छ । त्यो ज्याँदै चिन्ताजनक अवस्थामा होइन । सुधार गर्न सकिने अवस्थामा छ । बैंकसँग भएको पूँजीको प्रर्याप्त उपयोग गर्न सकिएको छैन, लगानीका नयाँ अवसरहरु खोज्न सकिएको छैन ।’

समाचार अनुसार बैंकसँग हाल कर्जा निक्षेपको अनुपातका आधारमा एक खर्ब ७१ अर्ब तथा तरलताका आधारमा एक खर्ब ३९ अर्बको लगानीयोग्य रकम देखिएतापनि पुँजी पर्याप्ताका आधारमा थप १८ अर्ब मात्र कर्जा प्रवाह गर्ने अवस्था छ । त्यस्तै, बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । चुक्ता पुँजी १५ अर्ब ६३ करोड भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप पाँच खर्ब ५३ अर्ब सङ्कलन तथा रु १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*