३५ दिनको अल्टिमेटमसहित सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक

११ माघ २०८२, आईतवार १०:२९

काठमाडौं । सरकारलाई बुझाउनुपर्ने रकम लामो समयसम्म नतिरेका ५२ व्यक्तिको तीन पुस्तासम्मको विवरण सार्वजनिक गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, कृषि व्यवसायी र सशस्त्र प्रहरीसमेत विभिन्न पेशामा संलग्न व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो ।

कार्यालयले नाम, ठेगाना र बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिहरूलाई ३५ दिनभित्र मूलधन र ब्याजसहित रकम बुझाउन निर्देशन दिएको छ । तोकिएको समयसीमाभित्र रकम नतिरेमा उनीहरूको चल तथा अचल सम्पत्ति जफत गरी प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

केन्द्रीय तहसिल कार्यालयका अनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको अभिलेख तयार गरी यसअघि पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै सम्बन्धित व्यक्तिहरूको घरठेगानामा पत्राचार गरी कार्यालयमा उपस्थित हुन आग्रह गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*