आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
११ माघ २०८२, आईतवार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा २९० रुपैयाँले बढेर प्रतितोला छ हजार ४९० रुपैयाँ पुगेको छ ।












