बाढीले बन्द भएको पुवा २ जलविद्युत आयोजनाद्वारा पुनः उत्पादन शुरु
११ माघ २०८२, आईतवार १०:५६

काठमाडौं । पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्र्दै आएको ४.६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालनी गरेको छ ।
गत असोज १८ गतेदेखिको अविरल वर्षाका कारण आयोजनामा पूर्ण रुपमा प्रभावित बनेर बन्द भएको सो आयोजनाले माघ ९ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो ।













