नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको नेतृत्वमा पुनः श्याममणि आचार्य, यस्तो छ टिम

११ माघ २०८२, आईतवार ११:०३

काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा पुनः श्याममणि आचार्य चयन भएका छन् । संघको २१औँ साधारण सभा तथा १०औँ अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशन शनिबार काठमाडौंको सुकेधारास्थित सूर्य इभेन्टमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख राजन पोखरेलले रिकन्डिसन व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । उनले कानुनी मापदण्डको पालना र सेवाग्राहीको विश्वास कायम गर्न व्यवसायीहरू सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

विशेष अतिथिका रूपमा सहभागी बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले स्थानीय तह व्यवसायीहरूको समस्या समाधानमा सहयोगी रहने प्रतिबद्धता जनाएका थिए ।

अधिवेशनले आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह–कोषाध्यक्षमा महेश जोशी चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा रामहरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्णहरि गौतम, प्रदीप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*