नौ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?
११ माघ २०८२, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा विभिन्न सेक्टरका ९ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार एसवाई प्यानल, श्रीनगर एग्रोटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकारको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, आज हिमस्टार उर्जा कम्पनी, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र त्रिशुली जल विद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यीसहित २४० वटाकम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।













