सुदूरपश्चिममा बीमकहरुसँग एएमएल–सीएफटी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ माघ २०८२, आईतवार १७:११

काठमाडौं । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा बीमकसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयले सुदूरपश्चिम प्रदेशस्थित बीममका प्रदेश कार्यालय प्रमुख एवं शाखा कार्यालय प्रमुखहरुसँग बीमा क्षेत्रमा एएमएल–सीएफटी सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम शनीबार, धनगढीमा रहेको बसेरा होटलमा सम्पन्न गरेको हो ।

छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारी तथा बीमा कम्पनीहरुका शाखा तथा उप–शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । आउँदो दिनहरुमा पनि बीमा सम्बन्धि छलफल कार्यक्रम सञ्चालन गरीरहेने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*