निर्वाचन क्षेत्रमा समस्या समाधानका लागि आयोगले स्थापना गर्‍यो ‘सञ्चालन केन्द्र’

११ माघ २०८२, आईतवार १७:०४

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ। आइतबार काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना गरिएको केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरे।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको आयोगले जनाएको छ।

देशभर रहेका निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त विवरणका आधारमा सुरक्षा निकायसँग समन्वय गरी निर्वाचनसम्बन्धी वस्तुस्थितिको जानकारी केन्द्रले दिने छ। केन्द्रले निर्वाचन क्षेत्रमा देखापर्ने समस्या पहिचान गरी समाधान गर्न समेत समन्वय गर्ने कार्य गर्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*