अनियमितताले भरिएको आर्थिक प्रतिवेदन बीमा प्राधिकरणमा, पटक पटकको चेतावनी वेवास्ता गर्दै नेपाल रि

११ माघ २०८२, आईतवार १८:३६

काठमाडौं । नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी राजनीतिक पार्टीहरुले टीका लगाएका टिकेहरुले ब्रम्हलूट मच्चाउने थलोमा रुपान्तरण भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत भएको छैन । नियामक बीमा प्राधिकरणले विभिन्न प्रकारका त्रुटीहरु सच्याउन र अनियमितता तथा भ्रष्टाचारका काण्डहरु मिलाएर ल्याउन निर्देशन दिँदा समेत सिईओ सुरेन्द्र थापा र अध्यक्ष सुरेन्द्र पौडेलले कुनै चासो नदेखाई पन्छाँदै आएका छन् । सिईओ सुरन्द्र थापा माओवादीका नेता वर्षमान पुनलाई राम्रो सेटिङ हानेर नियुक्त भएका पात्र हुन् भने अध्यक्ष पौडेल बिष्णु पौडेलले सेटिङ नेपाल पुनर्बीमा कम्पनीमा नियुक्त गरेका पात्रहरु हुन् ।

दुवै जना अहिले मिलाएर ब्रम्हलूट मच्चाउने उद्यत रहँदा सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी धरासायी मात्रै भएको छैन । वित्तीय अनुसाशन समेत कमजोर हुन पुगेको छ । नेपाल बीमा प्राधिकरणले अघिल्लो आबको वित्तीय विवरणमा देखिएका कैफियत सुधार्न स्पष्ट सन्देश दिइसकेको छ । तर, सिईओले उक्त कैफियत सुधार्नुको साटो माओवादी र एमालेको पावर लगाएर वित्तीय विवरण पास गराउन खोजिरहेका छन् । नेपाल बीमा प्राधिकरणमा अध्यक्ष जनकराज शर्मा समेत राजनीतिक सेटिङमा नेपाल पुनर्बीमा प्राधिकरणको भ्रष्टाचार लुकाउन खोजिरहेका छन् ।

गत आर्थिक बर्षदेखिको अलपत्र हिसाब किताब बुझाउन प्राधिकरणले पटक पटक अल्टिमेटम दिँदा पनि सिईओ थापाले प्राधिकरणलाई समय सकिएको समयसम्म पनि वेवास्ता गर्दै प्राधिकरणलाई नै झुक्याउदै आईरहेका पाइएको छ ।

यतिबेला बीमा प्राधिकरण नै सिईओ थापाको झुक्याउने हर्कतले आर्जित बनेको छ । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार बीमा प्रााधिकरणले दिएको निर्देशन अनुरुप किन काम नभएको भन्दा हुँदैछ भन्ने र अनेक वाहाना बनाएर सिईओ थापाले हैरानी दिएका छन् । गत आर्थिक बर्षदेखिको अडिट रिर्पोटको बिषयमा प्राधिकरणले बोलाएर नै पटक पटक बयान लिँदा फरक फरक बिषय राख्दै आएका छन् ।

बीमा प्राधिकरणका यसअघिका तीन अध्यक्ष र हालका अध्यक्ष पनि यसै बिषयलाई लिएर आजित बनेको बताइएको छ । अध्यक्ष शर्मा कुनै पनि हालतमा नेपाल रिको वित्तीय विवरण यथास्थितिमा पास नगर्नेमा दृढ छन्, तर विभिन्न च्यानलहरुबाट दवाव सिर्जना गरेर जसरी पनि पास गर्ने ध्याउन्नमा सिईओ थापा र अध्यक्ष पौडेल सक्रिय भएर लागि परेका छन् । नेपाल पुनर्बीमा दुई पात्रको व्यवहार हेर्दा कुनै पनि नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष सुर्य सिलवाल झै अख्तियारको फन्दामा पर्ने त होइन आशंका जन्मिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*