गुराँस लघुवित्तको लोभलाग्दो प्रगति, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण केलाउँदा कम्पनीको वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति भएको देखिएको छ।
कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको पुस मसान्तसम्म १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष भने ७२.१५ प्रतिशत खुद नाफामा वृद्धि गर्न सफल भएको हो।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ६४ लाख रुपैयाँ रहेकोमा चालू आवको दोश्रो त्रैमाससम्म ५५.१८ प्रतिशतले बढेर ८ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ७ करोड १३ लाख रुपैयाँबाट ३६.१५ प्रतिशतले बढेर ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ करोड २० लाख रुपैयाँबाट ६७.७७ प्रतिशतले बढेर ३ करोड ७० लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३५.०९ रुपैयाँबाट बढेर ३७.०१ रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा (एनपीएल) २.७८ प्रतिशतबाट बढेर ३.१३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५९.३३ रुपैयाँ कायम भएको छ।
चुक्ता पूँजी १३ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ करोड ७२ लाख रुपैयाँ र रिजर्भ कोषमा ५ करोड १२ लाख रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब १० करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ९५ लाख रुपैयाँ रहेको छ।












