एनआरएन इन्फ्रास्ट्रक्चरले साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

१२ माघ २०८२, सोमबार १०:४५

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेका हिमालयन पावर पार्टनर लिमिटेडका ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।

कम्पनीले यो निर्णय माघ १० र ११ गते सम्पन्न सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस र माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औँ बैठकको निर्णय अनुसार लिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*