सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी, निर्वाचन सुरक्षामा छलफल

१२ माघ २०८२, सोमबार ११:१३

काठमाडौँ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसिरहेको बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।

बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापन, सुरक्षा निकायको भूमिका तथा आवश्यक तयारीबारे विस्तृत रूपमा चर्चा हुने जनाइएको छ। विशेषगरी निर्वाचन अवधिमा नेपाली सेना परिचालन गर्ने विषयमा निर्णय लिने तयारी रहेको स्रोतले बताएको छ।

राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने गृहमन्त्री सदस्यका रूपमा रहने प्रावधान रहेको छ। बैठकको निर्णयले निर्वाचन सुरक्षासम्बन्धी रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*