सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८ लाख २० हजारले पाए शेयर

१२ माघ २०८२, सोमबार १५:४६

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका थिए । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले शेयर हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको हो ।

कम्पनीले ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*