टेलिकमले ल्यायो ‘विन्टर अफर’ : ग्राहकलाई लक्षित गरी सबै प्याकेजमा सुविधा

१२ माघ २०८२, सोमबार १५:२७

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेजसहित आकर्षक “विन्टर अफर” सार्वजनिक गरेको छ । यसअघि सञ्चालनमा रहेको “अटम अफर” अन्तर्गतका लोकप्रिय प्याकेजहरुको निरन्तरतासहित नयाँ विन्टर अफर ल्याइएको कम्पनीले जनाएको छ ।

विन्टर अफरमा एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज तथा सोसल मिडिया प्याक लगायतका प्याकेजहरु यथावत उपलब्ध गराइनेछ ।

त्यस्तै, एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरुको लागि प्याक तथा ‘नमस्ते वाइफाई’ प्रयोगकर्ताका लागि बन्डल प्याकेज पनि विन्टर अफरमा समावेश गरिएको छ । साथै, एफटीटीएच अन्तर्गतका प्याकेजहरु पनि अवस्थित सुविधाअनुसार यथावत राखिने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको “सजिलो अनलिमिटेड प्याकेज”लाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिएको छ । यस अनुसार अब ग्राहकले प्रत्येक महिना नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् र प्याकेज स्वतः नवीकरण हुनेछ । पहिले यो प्याकेज 14152*4# डायल गरेर मात्र लिन सकिन्थ्यो भने अब नेपाल टेलिकमको मोबाइल एप र वेबसाइटबाट पनि सजिलै उपलब्ध हुनेछ ।

विन्टर अफर अन्तर्गतका प्याकेजहरु मिति २०८२ माघ ११ गतेदेखि उपलब्ध छन् र आगामी ९० दिनसम्म चल्नेछन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*