प्रतिकित्ता ३१५ रुपैयाँमा स्वरोजगार लघुवित्तको शेयर बिक्रीमा
१३ माघ २०८२, मंगलवार ०८:४५

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ११ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेर शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल स्वरोजगार लघुवित्तका शेयरधनीले मात्रै किन्न सक्नेछन्।
यसका लागि आगामी ३५ दिनभित्र आवश्यक सहित काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयको प्रशासन विभागमा लिखित निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापकबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।












