दैनिक सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
१३ माघ २०८२, मंगलवार ११:०१

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा तीन लाख नौ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।












