जमलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किए
१३ माघ २०८२, मंगलवार १३:०७

काठमाडौँ । काठमाडौंको जमलमा रहेको सिद्धि भवन अगाडि तीन सवारी साधन ठोक्किँदा दुर्घटना भएको छ।
मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा मोटरसाइकल, स्कुटर र माइक्रोबस आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। ठक्करपछि मोटरसाइकलमा आगो समेत लागेको थियो, जसलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक जना व्यक्ति घाइते भएका छन्।












