गण्डकीका ३५ सहकारी खारेज

१३ माघ २०८२, मंगलवार १६:०४

काठमाडौँ ।  सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रदेशभरि निष्क्रिय रहेको ३५ सहकारी संस्थाको दर्ता खारेज गरेको छ। रजिष्ट्रार कार्यालयले यही माघ १० गते सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो।

कार्यालयले गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (३) अनुसार लगातार दुई वर्ष कुनै कारोबार नगरी निष्क्रिय रहेका सहकारी संस्थाको दर्ता खारेज गरेको जनाएको छ। यसअघि कार्यालयले २६ वटा सहकारी खारेज गरिसकेको थियो भने यसपटक थप ९ वटा विभिन्न प्रकृतिका सहकारीको दर्ता खारेज गरिएको छ।

रजिष्ट्रार कार्यालयको माघ ९ गतेको निर्णय अनुसार यसपटक स्याङ्जाका चार, पर्वतका चार र नवलपुर (बाग्लुङ सुर्खेत पूर्व) को एक गरी जम्मा ९ वटा सहकारीको दर्ता खारेज गरिएको छ।

निष्क्रिय सहकारीहरुलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक गर्न आह्वान गरिएको थियो। तर, अद्यावधिक नगरेका मध्ये ९ वटा यसपटक खारेज गरिएको र केही सहकारी खारेजीको चरणमा रहेको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए।

रिजालका अनुसार बाग्लुङमा पनि लामो समयदेखि निष्क्रिय रहेका र अद्यावधिक नभएका सहकारीहरुलाई खारेज गर्ने तयारी भइरहेको छ। साथै, खारेज हुने सहकारीहरुको दायित्व बाँकी रहेमा सो दायित्व सहकारीका सञ्चालक तथा जिम्मेवार पदाधिकारीको जिम्मामा पर्ने व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*