बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गरेका छन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् ।
माघ १३ गतेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । नेपाली बीमा क्षेत्रको नियमनलाई कानुनको दायरामा रही पूर्ण रुपमा सक्रिय बनाएर समग्र बीमा उद्योगलाई व्यवस्थित र पारदर्शी बनाउन आफु अग्रसर रहेको समेत उनले बताएकी छिन् ।
सरकारले पहिलो सचिवलाई प्राधिकरणको अध्यक्ष बनाएको हो । आफ्नो बर्खास्तीविरुद्ध पूर्वअध्यक्ष शरद ओझाले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया रोकिएको छ । त्यसपछि मन्त्रिपरिषद्ले कर्मचारीलाई अध्यक्षको जिम्मेवारी दिँदै आएको छ ।

यसअघि अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारीबाट शर्मा स्वइच्छाले बाहिरिएपछि सरकारले सचिव पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो । प्राधिकरणको अध्यक्ष बन्न सहसचिवको योग्यता नपुग्ने विषयमा विवाद भइरहेको छ । त्यसपछि सरकारले यसपटक सचिवलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
१२ फागुनमा प्राधिकरण अध्यक्षमा नियुक्ति भएका ओझा २ भदौमा बर्खास्त भएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । यता ओझाले आफ्नो बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । साथै, नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया यथावत् राख्न भनेको छ । तर, अझै अन्तरिम आदेशका लागि सुनुवाइ भएको छैन ।












