सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको भन्दै युवराज सफल पक्राउ
१३ माघ २०८२, मंगलवार १७:३४

काठमाडौं । अधिवक्ता युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको साथै अन्तर्वाता दिएको पाइएको हुँदा पक्राउ गरेको जनाइएको छ ।












