निर्वाचन आयोगले सबै जिल्लामा तोक्यो आचरसंहिता अनुगमन अधिकृत

१४ माघ २०८२, बुधबार ०९:०६

काठमाडों । निर्वाचन आयोगले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपालको ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।

फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गरी आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी गत माघ ४ गते राति १२ बजेदेखि नै लागू गरिसकेको छ। जिल्लास्तरमा आचारसंहितालाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा आचारसंहिता अनुगमन अधिकृत तोकेको हो।

आर्थिकसँग सम्बन्धित विषयमा भने फरक–फरक कार्य जिम्मेवारीसहित प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरूलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*