एकैदिन तोलामा ९ हजारले बढेर सुनको मूल्यले बनायो रेकर्ड, प्रतितोला कति ?
१४ माघ २०८२, बुधबार ११:०३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो ।
आज मात्रै सुन मूल्य तोलामा नौ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला सात हजार ३०० रुपैयाँ पुगेको छ ।












