भारतमा विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

१४ माघ २०८२, बुधबार ११:१७

काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ । बुधबार विहान बारामतीमा ६६ वर्षको उमेरमा उनको विमान दुर्घटनामा परी मृत्यु भएको भारतिय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो।

अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्‍यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए। उक्त घटनाले भारतमा यति आम नागरिकलाई दुखित बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*