बीमा प्राधिकरणमा अध्यक्षसहित संचालकको कोरम पुग्यो, नियामकीय निर्णय र कारवाही प्रकृया अघि बढ्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष चन्द्रकला पौडेल नियुक्त भएसँगै संचालक समितिको बैठक डाक्न पाउने भएको छ। अध्यक्ष जनकराज शर्माको राजिनामा पनि अलपत्र परेको प्राधिकरणको अपूर्ण संचालक समितिमा नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलको नियुक्तिसँगै बोर्डको बैठक डाक्न र प्रस्ताव लैजान पाउने भएका छन् । जसमा प्राधिकरणले नियामकीय निर्णय र कारवाहीको प्रस्ताव र मुद्धाको प्रस्ताव अघि बढाउने भएको छ।
प्राधिकरणमा बोर्डमार्फत पारित गनुपर्ने प्रस्तावहरु अघि बढ्ने भएको छ । बीमा ऐन २०७९ को दफा ६ अनुसार प्राधिकरणको सञ्चालक समिति पाँच सदस्यीय हुनुपर्ने व्यवस्था छ । अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने र सदस्यमा अर्थ मन्त्रालय, कानुन मन्त्रालयका सहसचिव तथा जीवन र निर्जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका दुई व्यक्ति रहने व्यवस्था छ। तीमध्ये एक महिला हुनुपर्ने कानुनी प्रावधान छ। । बीमा ऐन २०७९ को दफा ६ अनुसार प्राधिकरणको संचालक समितिमा पाँच सदस्यीय हुनुपर्ने व्यवस्था छ ।
ऐनमा अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने र सदस्यमा अर्थ मन्त्रालय, कानुन मन्त्रालयका सहसचिव तथा जीवन र निर्जीवन बीमकको बिषयमा ज्ञान भएको दुई व्यक्ति रहने व्यवस्था रहेको छ । पाँचमध्ये एक महिला हुनुपर्ने कानुनी प्रावधान छ। तर अध्यक्ष सहित निर्णय गर्दा तीन संचालक समिति अनिवार्य हुनु पर्ने व्यवस्था रहेको छ ।
जनकराज शर्माको राजिनामा पछि प्राधिकरणको सञ्चालक समितिमा दुई जना मात्र भएको कारण बोर्डको बैठक डाक्न सकेको थिएन् । प्राधिकरणको दैनिक कामकारबाहीमा गम्भीर असर परेको कर्मचारीहरूको गुनासो आएपछि नवनियुक्त अध्यक्ष पौडेलाई नियुक्त गरिएको थियो ।
यसअघि सञ्चालक समितिमा विशेष ज्ञान भएका सदस्यका रूपमा सन्तोष रिजाल र राधा पोखरेल नियुक्त भएका थिए । रिजाललाई सरकारले १६ मंसिर २०७८ मा चार वर्षका लागि नियुक्त गरेको थियो र उनले कार्यकाल पूरा गरी बाहिरिएका छन्। राधा पोखरेल १ चैत २०८१ मा चार वर्षका लागि नियुक्त भएकी थिइन् तर स्वास्थ्य कारण देखाउँदै ७ साउन २०८२ मा राजीनामा दिएकी थिइन्। मन्त्रालयले रिक्त रहेको दुई सञ्चालक सदस्य नियुक्त गर्न सकेको छैन, जसका कारण प्राधिकरण थप संस्थागत संकटमा फस्दै गएको देखिन्छ।












