कर्पोरेट डेभलपमेन्ट बैंक र आखुखोला जलविद्युतमा सकारात्मक सर्किट

१४ माघ २०८२, बुधबार १५:१७

काठमाडौं । शेयर कारोबारको चौथो दिन १४१ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक र आखुखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर मार्केटमा बुधबार मिथिल्ला लघुवित्तको ९.५१ प्रतिशत, पिपुल्स पावरको ९.२२ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपावरको ९.०४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ८.४० प्रतिशत, त्रिशुली जलविद्युतको ७.४३ प्रतिशत, मनकामना इन्जिनियरिङको ७.२४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*