पोखरा र समृद्धि फाइनान्सको साधारण सभाबाट मर्जर प्रस्ताव पारित, १:१ को शेयर स्वाप रेसियो

१४ माघ २०८२, बुधबार १६:५३

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्ससँग एकीकृत हुने प्रक्रियालाई निर्णायक चरणमा पुर्‍याएको छ। दुबै कम्पनीको वार्षिक साधारणसभाले मर्जर प्रस्तावलाई औपचारिक स्वीकृति दिएको हो।

कास्कीको पोखरास्थित दरबारथोक बैंक्वेटमा सम्पन्न २८औँ तथा २९औँ पोखरा फाइनान्सको वार्षिक साधारणसभा र समृद्धि फाइनान्सको २४औं वार्षिक साधारण सभाबाट मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको । सभाले पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच १:१ को शेयर स्वाप रेसियोमा एकीकृत हुने प्रस्तावलाई अन्तिम रूप दिएको हो।

मर्जरपछि लागू हुने नयाँ शेयर संरचना अनुरूप कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ। यससँगै मर्जर प्रक्रियाका क्रममा गर्नुपर्ने सबै कानुनी, प्राविधिक तथा सम्झौतासम्बन्धी कार्यहरूलाई पनि सभाले अनुमोदन गरेको छ।

अब नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर चाँडै एकीकृत कारोबार सुरु गर्ने तयारी भइरहेको छ। मर्जरपछि संस्थाको पूँजी आधार, वित्तीय क्षमता र सेवा विस्तार थप सुदृढ हुने अपेक्षा गरिएको छ।

यसैबीच, सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ। साथै, चालू आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*