एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर बाँडफाँड

१४ माघ २०८२, बुधबार १८:२१

काठमाडौं  । एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लक्षित गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो।

बैंकले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ करोड इकाई अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयरजारी गर्नेछ।

उक्त सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर कायम गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*