मुक्तिनाथ विकास बैंकको नाफा ६७ करोडः अधिकांश सूचकमा लोभलाग्दो सुधार, कुन सूचक कस्तो ?

१५ माघ २०८२, बिहीबार १०:०३

काठमाडौँ । वाणिज्य बैंक बन्ने तयारीमा रहेको मुक्तिनाथ विकास बैंकले उल्लेख्य नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।

६ महिनाको अवधिमा बैंकले ६७ करोड २० लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा ५० करोड ३१ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी समेत ८.१४ प्रतिशतले बढेर २ अर्ब ३७ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैैंकको उक्त आम्दानी २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ७१ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा बढेर ९७ करोड १ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ९० लाख रुपैयाँ सञ् िचति रहेको हो । बैंकको वितरणयोग्य मुनाफा ५४ करोडबाट घटेर १९ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

पुष मसान्तसम्मको अवधिमा बैंकको खराब कर्जा ३.९८ प्रतिशतबाट घटेर ३.७५ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १६.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५१.३५ रुपैयाँ रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*