नयाँ युद्धको अन्तिम तयारीमा इरान र अमेरिका, भयानक संघर्षको चेतावनी

काठमाडौं । इरान र अमेरिका पुनः नयाँ युद्धको अन्तिम तयारीमा पुगेका छन् । इरानका विदेशमन्त्री अब्बास अराग्चीले आफ्ना सेनाहरु ट्रिगरमा औला राखेर तयारी अवस्थामा बसेको बताएका छन् । उता, अमेरिकी युद्धतोप इरानतर्फ अघि बढिरहेको छ ।
भयानक शक्ति सम्पन्न दुई देशका बीचमा युद्ध सुरु भएमा यसले भिषण परिणाम निम्त्याउन सक्ने चेतावनी अन्तर्राष्ट्रिय अध्ययनका ज्ञाताहरुले औल्याएका छन् । विश्वकै सर्वशक्तिमान अमेरिका इरानसँग युद्ध गर्ने भन्दै बिशाल युद्धतोप युएसएस अब्राहम लिङ्कन क्यारिअर ग्रुपसहितको आक्रमणकारी युद्धपोत इण्डियन ओसियनमा प्रवेश गरिसकेको सिएनएनले जनाएको छ । गत जुन २२ मा अमेरिकाले इरानका आणविक केन्द्रहरुमा भिषण सैन्य कारवाही गरेको थियो । जवाफमा इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा हवाई हमला गरेको थियो ।
यस पटकको युद्ध उक्त युद्ध भन्दा पनि भिषण र नसोचेको परिणाम दिने गरी हुने दुवै पक्षले एक अर्कालाई चेतावनी दिएका छन् । इरानले अमेरिकालाई हालसम्मकै खतरनाक र भिषण जवाफ दिने चेतावनी दिएकोले यस पटकको युद्ध यसअघिको भन्दा धेरै नै खतरनाक हुने विश्वास गरिएको छ ।
यो युद्धमा अमेरिकालाई पनि त्यति सजिलो भने छैन । मध्यपूर्वमा ठूलो संख्यामामा अमेरिकी सेना र हतियार समेत भएको अवस्थामा मध्यपूर्वमा प्रोक्सी युद्ध समेत गर्न सक्ने इरानसँग अमेरिकाले यस पटक ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्नेछ ।
इरान र अमेरिका बीचको युद्ध भएको अवस्थामा भारतमा आउने इन्धनको मूल्य बृद्धिका कारण नेपालमा पनि निकै महंगो हुनसक्ने जोखिम बढेको छ । त्यस्तै, सुनको मूल्यमा उच्च अंकले बृद्धि आउन सक्ने जोखिम समेत देखिन आएको छ । पछिल्लो समय अमेरिकाले आफ्नो कमजोर रहेको ट्रेजरीलाई बलियो बनाउन सुनको मुल्यमा उच्च बृद्धि गरिरहेको छ ।












