८ वाणिज्य बैंकको खराब कर्जा घट्योः हिमालयनको सबैभन्दा उच्च, कुनको कति ?

१५ माघ २०८२, बिहीबार ११:४१

काठमाडौँ । वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैकको औसत खराब कर्जा ४.४९ प्रतिशत रहेको थियो ।

यसअवधिमा ८ बैंकले खराब कर्जा घटाउन सफल भएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारी कर्जा उठाउन जादा आक्रामण हुने घटनाहरु बढ्दै गएका छन् । विभिन्न बाधाहरुका बीच पनि उक्त बैंकहरुले खराब कर्जा घटाएका हुन् ।

६ महिनाको तथ्याङ्कललाई हेर्ने हो भने एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । बैंकको खराब कर्जा ०.६८ प्रतिशत रहेको हो । तर, गत आर्थिक वर्षको तुलनामा भने ०.०२ प्रतिशतले बढी हो ।

त्यस्तै, स्टान्र्डड चार्टड बैंकको खराब कर्जा ०.१७ प्रतिशतले बढेर १.८८ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९१ प्रतिशतले घटेर २.६४ प्रतिशतले, सिद्धार्थ बैंकले १.०५ प्रतिशतले घटाएर ३.४५ प्रतिशत, सानिमा बैंकले ०.४१ प्रतिशले बढेर ३.६३ प्रतिशत, नेपाल बैंकले ०.६८ प्रतिशतले घटेर ४.२५ प्रतिशत र माछापुच्छ्रे बैंकले ०.२९ प्रतिशतले घटेर ४.२५ प्रतिशत रहेको हो ।

समिक्षा अवधिमा क्रमशः राष्ट्रिय वाणिज्य बैंकको ४.३६ प्रतिशत, एनएमबि बैंकको ४.५६ प्रतिशत, कृषि विकास बैंकको ४.६५ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.९१ प्रतिशत रहेको छ ।

अन्य ९ बैंकको खराब कर्जा भने ५ प्रतिशतभन्दा बढी रहेको छ । नेपाल बैंकको ५.३४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.५० प्रतिशत, प्राइम बैंकको ६.३८ प्रतिशत, सिटिजन बैंकको ६.८६ प्रतिशत, कुमारी बैंकको ६.९२ प्रतिशत, एनआईसी एशिया बैंकको ७.४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.९० प्रतिशत, प्रभु बैंकको ७.९४ प्रतिशत र हिमालयन बैंकको ७.९६ प्रतिशत रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*