शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

१५ माघ २०८२, बिहीबार १२:०७

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान ८ बजे सो आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

बिक्री प्रबन्धकका अनुसार २२ हजार दुई सय जनालाई १० कित्ताका दरले दुई लाख २२ हजार कित्ता आईपीओ पाएका छन् । कम्पनीले वैदेशिक रोजगारका लागि निष्काशन गरिएको सो आईपीओमा ७१ हजार ५७७ जनाले १० लाख पाँच हजार कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओको नतिजा सीडीएस र बिक्री प्रबन्धको वेबसाइटबाट हेर्न सकिने छ । केही समयपछि सो वेबसाइटमा नतिजा प्रकाशित हुने बिक्री प्रबन्धकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*