डुब्ने अवस्थामा नारायणी डेभलपमेन्ट बैंकः खराब कर्जा ५७.४८ प्रतिशत, नाफा ४ करोड ७३ लाख ऋणात्मक

१५ माघ २०८२, बिहीबार १४:३७

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा ऋणात्मक हुँदै गएको छ भने खराब कर्जा चुलिदै गएको देखिएको हो ।

पुष मसान्तसम्ममा कम्पनीको मुनाफा ४ करोड ७३ लाख ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षको सोहि अवधिमा भने बैंक ५२ लाख १३ हजार ऋणात्मक रहेको थियो ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ४ करोड ७३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ करोड २८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जाको आकडाले थप डरालाग्दो अवस्था सिर्जना गरेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ५७.४८ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिसम्म ४३.६९ प्रतिशत थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २३ लाख ऋणात्मक, सञ्चालन नाफा ३७ लाख ऋणात्मक, रिटेन्ड अर्निङ ५० करोड १२ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँबाट घटेर १२ करोड ९ लाखमा सीमित भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११.२० रुपैयाँले ऋणात्मक, प्रतिशेयर नेटवर्थ ३३.८० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*