पुँजी बजार राताम्यः वित्तीय रिपोर्ट आएकै दिन विकास बैंक र फाइनान्समा भारी गिरावट, किन बिग्रिदै छ लय ?

१५ माघ २०८२, बिहीबार १५:०५

काठमाडौँ । बुधबार सामान्य अंकले बढेको शेयर बजार बिहीबार भने एकाएक ओरालो लागेको छ । बजार राताम्य हुँदा कारोबारमा भने उच्च भएको देखिन्छ । अघिल्लो केही दिनको सुधारपछि लगानीकर्ता नाफा सुरक्षित गर्ने रणनीतितर्फ हाबी हुँदा बजारमा भारी गिरावट आएको हो । बजार घट्दा केहि लगानीकर्ताहरू भने उपयुक्त प्रवेश बिन्दुको खोजीमा ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन् ।

यस साताको सुरुवातमा बजारमा उल्लेख्य सुधार देखिए पनि त्यसपछि करेक्सन सुरु भएको थियो । सोही करेक्सनको क्रममा धेरै लगानीकर्ताले नाफा बुक गर्दा बजारमा निरन्तर उतार–चढाव देखिन थालेको हो । छोटो अवधिको नाफा सुरक्षित गर्ने मनोवृत्तिले बजारलाई दबाबमा पारेको विश्लेषकहरूको भनाइ छ । यसले बजारप्रति लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा मजबुत भइनसकेको संकेत गर्दछ ।

देशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधिसँगै पूँजी बजारमा केही समय नयाँ उत्साह देखिएको थियो । लामो समयदेखिको राजनीतिक अन्योल क्रमशः स्पष्ट दिशातर्फ जान थालेको अनुभूति भए पनि बजारमा सुधार देखिनासाथ नाफा बुक गर्ने प्रवृत्ति बढेको छ । विशेषगरी निर्वाचनपछि बन्ने सरकार, अर्थमन्त्री को हुने र सरकारले लिने आर्थिक तथा पूँजी बजारसम्बन्धी नीति कस्तो हुने भन्ने विषयमा लगानीकर्ता अझै अनिश्चित देखिएका छन् ।

यद्यपि, आधारभूत रूपमा शेयर बजारका लागि नीतिगत वातावरण भने सकारात्मक बन्दै गएको देखिन्छ । राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालयले पूँजी बजारप्रति अपेक्षाकृत उदार नीति लिँदै आएका छन् । साथै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहनुले दीर्घकालीन लगानीका लागि बजारलाई सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यी आधारभूत कारणले निकट भविष्यमा बजारले स्थायित्व लिँदै सुधारतर्फ अघि बढ्न सक्ने व्यापक चर्चा बजारमा चलिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अकंले घटेर २७१४.०५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १० उपसूचक ओरालो लागेका छन् । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्र्रैमाससम्मको वित्तीय विवरण आएकै दिन बजारमा सोहि समूहको शेयर मूल्यमा भारी गिरावट देखिएको हो । आज वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत, विकास बैंक समूहको २.२२ प्रतिशत र फाइनान्स समूहको प्१.७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य समेथ स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*