स्वास्थ्य बीमा सेवा बन्द गर्ने तयारीमा वीर अस्पताल
१५ माघ २०८२, बिहीबार १९:३२

काठमाडौं । वीर अस्पतालले पनि स्वास्थ्य बीमा सेवा बन्द गर्ने तयारी गरेको छ।
वीर अस्पतालका निर्देशक डा। दिलीप शर्माका अनुसार पछिल्ला दिनहरूमा ओपीडी तथा उपचार सेवामा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ ।अन्य अस्पतालले सेवा बन्द गरे पनि त्यसको चाप अन्ततः वीर अस्पतालमा बढी भएको पाइएको छ।
बिरामीको चाप बढेसँगै अस्पताल व्यवस्थापन र सेवामा थप दबाब सिर्जना भएको छ ।
स्वास्थ्य बीमा बोर्डले लामो समयसम्म पनि भुक्तानी नदिएपछि र बीमित बिरामीको चाप बढेपछि अस्पतालले सेवा कटौती गर्ने तयारी गरेको छ ।












