भुजुङ्ग हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

१५ माघ २०८२, बिहीबार १९:३७

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ।कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो ।

यस निष्काशनमा २६ लाख ६५ हजार १ सय ७४ जनाबाट ३ करोड ७ लाख ८४ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको छ। यो माग गरिएको भन्दा ३७।०९ प्रतिशत बढी हो।

यस कम्पनीले लमजुङमा ७।५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा। खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*