आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय सूचक कस्तो?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफामा उछाल आएको कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
कम्पनीले गत आवको पुस मसान्तसम्म ८४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म २६१.९३ प्रतिशतको उछाल सहित ३ करोड ५ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी गत आवको ६ महीनामा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ५६ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा ९.४० प्रतिशतको वृद्धि सहित ७ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७ करोड २६ लाख रुपैयाँबाट बढेर ८ करोड ६ लाख रुपैयाँ पुगेको छ।
यसरी आम्दानीमा उल्लेख्य वृद्धि भएपछि गत आवको ६ महीनामा कम्पनीले ३१ लाख २६ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको ६ महीनामा २ करोड ७७ लाख रुपैयाँ धनात्मक भएको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) १५.०९ प्रतिशतबाट घटेर ११.८१ प्रतिशत कायम भएको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३८.९५ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ ३८९.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात १५४.५६ गुणा रहेको छ।
चुक्ता पूँजी ७८ करोड ३४ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २५ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ६० करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।












