कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

१८ माघ २०८२, आईतवार १०:२४

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले रिक्त सीईओ पदमा वालिङ नगरपालिका वडा नम्बर ६, स्याङ्जा निवासी कामु सीईओ पाण्डेलाई नै सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई माघ १८ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*