स्रोत नखुलेको ५ लाख भारु सहित कैलालीबाट भारतीय नागरिक पक्राउ

१८ माघ २०८२, आईतवार ११:५०

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ (नेपाली ८ लाख रुपैयाँ) सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय राहुल सिंह रहेका छन्। उनलाई शुक्रबार साँझ नेपालबाट भारततर्फ जाँदै गर्दा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो

उनलाई कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलमा प्रहरीले खानतलासी गर्दा उनको साथबाट स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ फेला पारेपछि नगद सहित पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*