भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई प्रयोग गर्न गृहमन्त्रालयको स्वीकृति

१८ माघ २०८२, आईतवार १६:१८

काठमाडौं । भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले स्वीकृति दिएको छ।

साइबर ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ मा फैलिएको कुल ४ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा तथा त्यसमा बनेको संरचना महानगरपालिकाले उपयोग गर्ने गरी मन्त्रालयले सहमति प्रदान गरेको हो।

यसको सट्टामा महानगरपालिका रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी दुई पैसा तीन दाम क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न तयार भएको छ।

आइतबार गृहमन्त्रालयमा भएको दुई पक्षबीचको छलफलपछि सो सहमति अनुसार निर्णय भएको मन्त्रालयका उपसचिव वर्तराज पौडेलले जानकारी दिए।

उनका अनुसार उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा आठ आना जग्गा समरजंण कम्पनीको कार्यालय प्रयोजनका लागि प्रयोग गरिनेछ भने बाँकी जग्गा उपत्यका ट्राफिक प्रहरी कार्यालयको उपयोगमा रहने गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ।

यसअघि काठमाडौं महानगरपालिकाले भोटाहिटीस्थित साइबर ब्युरो रहेको भवनमा वडा कार्यालय सञ्चालन गर्न अनुमति माग्दै आएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*