परराष्ट्र मन्त्रालयले भन्यो, ‘इरान भ्रमणमा नजानू, गएको भए चाँडो फर्किनु’
१८ माघ २०८२, आईतवार १८:३०

काठमाडौं । परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानको अवस्था सामान्य नभएसम्म नेपाली नागरिकले यात्रा योजना स्थगित गर्न आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘इरानमा भइरहेको विकासक्रमलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई अवस्था सामान्य नभएसम्म देशको यात्रा गर्ने कुनै पनि योजना स्थगित गर्न सल्लाह दिइन्छ। त्यस्तै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यमबाट सकेसम्म चाँडो देश छोडनु ।’
यसैगरी, मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई आपतकालीन निकासीको सहजताका लागि राहदानी, परिचयपत्र र अन्य आवश्यक कागजात तयार राख्न अनुरोध गरेको छ।












