लोकसेवा परीक्षा धाँधलीको पर्दाफास: १२ जना नक्कली परीक्षार्थी पक्राउ

१८ माघ २०८२, आईतवार १८:३७

काठमाडौँ । लोकसेवा आयोगको सुर्खेत कार्यालयद्वारा शनिबार सञ्चालन गरिएको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेको छ। यस प्रकरणमा १२ जना पक्राउ परेका छन्।

आर्थिक लेनदेनमार्फत अरूको नाममा परीक्षा दिने र परीक्षामा प्रवेश गराउने गिरोह सक्रिय रहेको जानकारी पाएपछि तत्काल प्रहरीले छानबिन सुरु गरेको थियो। पक्राउ परेकाहरूले नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर फर्जी बनाई परीक्षामा सहभागी भएका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा जाजरकोट, दैलेख र सुर्खेतका चार जना युवालाई नक्कली परीक्षार्थीको रुपमा रंगेहात पक्राउ गरेको जनाएको छ। उनीहरूसँगै वास्तविक परीक्षार्थी र परीक्षामा संलग्न व्यक्तिहरू पनि नियन्त्रणमा लिइएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*