स्वास्थ्य बीमाको सुविधा थैलीमा बहिरंग सेवा थप, फागुन १ गतेदेखि लागु हुने
१९ माघ २०८२, सोमबार १६:५०

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले हाल सुविधा थैलीमा रहेको बहिरंग सेवा प्रगोगमा प्रति परिवार बढीमा पाँच जनाको वार्षिक २५ हजार रुपैयाँ बराबरको थप सुविधा निर्धारण गरेको छ । बीमित नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी बनाउनुको साथै बोर्डको व्ययभार कम गर्ने उद्देश्यले पुष २४ गतेको बैठकले सुविधा थैलीमा सो सुविधा निर्धारण गरेको हो ।
उक्त व्यवस्थामा प्रत्यक थप एक (१) सदस्य बराबर पाँच हजार रुपैयाँ बराबरको सेवा सुविधा थप गरेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार आगामी फागुन १ गतेदेखि सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले लागु गर्ने भएका छन् ।













