दोस्रो त्रैमाससम्ममा ४ खर्ब ७० अर्बको अन्तर-बैंक कारोबार

१९ माघ २०८२, सोमबार १८:०८

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को छ महिनामा वाणिज्य बैंकहरूको ३ खर्ब ९६ अर्ब ४१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ७३ अर्ब ८८ करोड गरी कुल ४ खर्ब ७० अर्ब २९ करोडको अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ७ खर्ब ४५ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरूको ९२ अर्ब ७ करोड गरी कुल ८ खर्ब ३७ अर्ब ९८ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*