न्युजिल्यान्ड र ग्रिस पठाइदिने भन्दै १९ लाख ७० हजार ठगी गर्ने दुई जना पक्राउ

२० माघ २०८२, मंगलवार १५:४२

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर न्युजिल्यान्ड र ग्रिस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बस्ने, धादिङको थार्के गाउँपालिका–७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका–२६ बस्ने, सल्यानको वनगाड कुपिन्डे नगरपालिका–४ घर भएका ३१ वर्षीय नवीन दमाईं रहेका छन्।

प्रहरीका अनुसार, अन्जन भुजेलले न्युजिल्यान्ड पठाइदिने भन्दै पाँचजना पीडितबाट १७ लाख १० हजार रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए भने नवीन दमाईंले ग्रिस पठाइदिने भन्दै दुईजना पीडितबाट दुई लाख ६० हजार रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले अन्जन भुजेललाई काठमाडौं–३१ र नवीन दमाईंलाई काठमाडौं–३२ बाट पक्राउ गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*